प्रिय काली कौवा
तिमी देशलाई बदल्न चाहान्थ्यौँ ।
म आफुलाई बदल्न चाहान्थे
तर खै किन
जब तिमीले मलाई देख्यौँ,
अनि आफ्नो उदेश्य फेर्यौ !!
प्रिय काली कौवा !!
तिमी राष्ट्रभक्तिका कुरा गथ्र्यौ
म व्यक्तिगत आनीबानीका कुरा गर्थे
तिमी भ्रष्टाचारमुक्त समाज निर्माणका कुरा गथ्र्यौ ।
म व्यक्तिको भ्रष्ट बुद्धीका कुरा गर्थे ।
तर खै किन !
जब तिमीले मलाई देख्यौँ,
अनि आफ्नो उदेश्य फेर्यौ !!
प्रिय काली कौवा !
तिमि राष्ट्रप्रेमका कुरा गथ्र्यौ
म प्रेम र प्रेमिकाका कुरा गर्थ्ये
तिमी अब्राहम लिकंनलाई सम्झिन्थ्यौँ
म रोमियो जुलियट, अनि मुना-मदनलाइई सम्झिन्थ्ये ।
तर खै किन !
जब तिमीले मलाई देख्यौँ,
अनि आफ्नो उदेश्य फेर्यौ !!
प्रिय काली कौवा !
तिमी पोहोर सालको मुसलधारे पानीमा भिज्यौ
म यसपालीको सिमसिमे पानीमा भिजे ।
तिमी हिउँमा रमायौँ
म त्यही सिमसिमे पानीमा रमाए
जसले गर्मियाममा शितलता प्रदान गरिरहेको थियो ।
तर खै किन
जब तिमीले मलाई देख्यौँ,
अनि आफ्नो उदेश्य फेर्यौ !!
प्रिय काली कौवा !
तिमी राजनितीमा रमाउथ्यौँ,
म सामाजिक माहोलमा रमाउँथे ।
तिमी काल्पनिक संसारमा रमाउँथ्यौँ
म वास्तविक संसारमा रमाउँथे ।
तर खै किन !
जब तिमीले मलाई देख्यौँ,
अनि आफ्नो उदेश्य फेर्यौ !!
अन्तमा,
प्रिय काली कौवा
सायद, तिमीले परिवर्तनको महशुस एक अनि आफुबाट गर्यौ ।
जसरी म आफु सुध्रेर, समाज अनि राष्ट्रलाई चाहान्थे,
कल्पना हैन, बास्तविक दुनिया चिन्दथे,
त्यहि भएर होला
जब तिमीले मलाई देख्यौँ,
अनि आफ्नो उदेश्य फेर्यौ !!
लेखकः पाण्डव पुजारा
जन्म स्थानः बझाङ, छबिस पाथीभेरा गाउँपालिका-६, पुजारी गाउँ
हालः कैलाली, धनगढी