काठसहित प्रहरीले नियन्त्रणमा लिएको  गाडीमा अचानक आगलागी  भएपछी !

काठसहित प्रहरीले नियन्त्रणमा लिएको  गाडीमा अचानक आगलागी  भएपछी !

धनगढीः कञ्चनपुर प्रहरीले काठसहित  नियन्त्रणमा लिई  चोरी सम्बन्धी मुद्दा चलिरहेको गाडीमा आगलागी भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार गएराति एक बजे तिरको समयमा भिमदत्त नगरपालिका –४ को जिल्ला वन कार्यालयमा राखिएको म १ च ३०१ नम्बरको बुलेरो गाडीमा अचानक व्याट्री सर्ट भएर आगलागी भएको हो । आगलागी हुँदा गाडीको अगाडीको भाग जलेर नष्ट भएको र प्रहरीसहितको टोलीले आगो निभाएको उनले बताए ।

करिव १ महिनाअघि डडेल्धुराको पर्शुराम नगरपालिका –१२ जोगबुढाका वीर बहादुर धामीको गाडी काठसहित पक्राउ परेको र सो गाडी प्रहरीले नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाएको प्रवक्ता थापाले बताए ।