नेकपा कैलालीको प्रचारप्रसार बिभाग प्रमुखको जिम्मेवारी जोशी लाई

नेकपा कैलालीको प्रचारप्रसार बिभाग प्रमुखको जिम्मेवारी जोशी लाई

धनगढी । नेपाल कम्युनिस्ट पार्टी नेकपा कैलालीको प्रचार प्रसार बिभाग प्रमुखको जिम्मेवारी दुर्गा जोशी लाई  दिइएको छ ।

शनिबार पार्टी कार्यालयमा बसेको बैठकले जोशीलाई प्रचारप्रसार बिभाग प्रमुखमा सर्वसम्मत चयन गरिएको हो । तत्कालीन नेकपा एमालेका समेत प्रचार प्रसार बिभाग प्रमुख रहेका जोशीलाई जिम्मेवारी दिईएको नेकपा कैलालीले जनाएको छ ।

जोशी हाल सेती प्रादेशिक ब्यवस्थापन समितिको अध्यक्ष समेत रहेका छन् ।