काठ तस्करी गर्दा पक्राउ गरिएको गाडीमा आगलागी

काठ तस्करी गर्दा पक्राउ गरिएको गाडीमा आगलागी

कार्तिक १७,कंचनपुर ।
करिब एक महिना अघि काठ तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएको गाडीमा आइतबार राती आगलागी भएको छ । काठ तस्करी  सम्बन्धी मुद्दा चलिरहेको उक्त गाडीमा आगलागी भएको हो। गएराति म १ च ३०१ नम्बरको बुलेरो गाडीमा अचानक व्याट्री सर्ट भएर आगलागी भएको जनाइको छ। उक्त गाडी भिमदत्त नगरपालिका ४ मा रहेको जिल्ला वन कार्यालयमा राखिएको थियो ।आगलागी हुँदा गाडीको अगाडीको भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। करिब १ महिनाअघि डडेल्धुराको पर्शुराम नगरपालिका १२ जोगबुढाका वीर बहादुर धामीको गाडी काठसहित पक्राउ परेको थियो। सो गाडी प्रहरीले नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाएको थियो ।