दिल्लीमा हुँदा शाहरुख खान किन भन्छन आफ्नी पत्नीलाई ‘भाउजू’ ?

दिल्लीमा हुँदा शाहरुख खान किन भन्छन आफ्नी पत्नीलाई ‘भाउजू’ ?

चर्चित अभिनेता शाहरुख खानले दिल्लीमा रहँदा आफ्नी पत्नी गौरी खानलाई ‘भाउजू’ भनेर सम्बोधन गर्छन्। यसो भन्नु पछि भने कारण छ।  

आफ्नै पत्नीलाई भाउजू बोलाउनुको कारण युवाअवस्था रहेको उनले एक कार्यक्रममा खुलाएका थिए। शाहरुखले सन् २०१६ मा  ‘द कपिल शर्मा शो’ को एक विशेष श्रृंखलामा उक्त विषयबारे स्पष्टिकरण दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ। शाहरुख ‘सुपरस्टार’ हुनु अघि दिल्लीको एक साधारण केटा थिए। एक दिन उनी पार्कमा एक जना केटी साथीसँग घुमिरहेका थिए।

‘द कपिल शर्मा शो’मा शाहरुखले पुराना कुरा सम्झँदै भनेका छन्, ‘म पार्कमा थिएँ। नयाँ गर्लफ्रेन्ड पनि बनाएको थिएँ। उनी मसँगै पार्कमा घुमिरहेकी मात्र थिइन्।’

शाहरुख ती केटीसँग डुलिरहेका मात्र के थिए। त्यसैबेला केटाहरुको समुह उनी सामु पुगेछन्। त्यो समूहबाट एकजनाले मलाई रोक्यो अनि केटीलाई देखाउँदै उनी को हुन् भनेर सोध्यो,’ शाहरुखले कार्यक्रममा भनेका छन्, ‘त्यतिबेला म सेन्ट कोलम्बा स्कूलको विद्यार्थी न थिए, निर्धक्क रुपमा अंग्रेजी मै उनी मेरी गर्लफ्रेन्ड हुन् भन्दै त्यो केटालाई जवाफ फर्काए।’

शाहरुखले यसो भन्नासाथ त्यो केटाले अलि रिसाउँदै भनेका थिए रे, ‘उनी तिम्रो गर्लफ्रेन्ड होइनन्, भाउजू हुन्।’शाहरुख पनि के कम। केटीलाई आफ्नो गर्लफ्रेन्ड भएको भन्दै ढिपी कसे। तर अर्को केटाले भने शाहरुखको कुरा स्वीकारेनन्। 

‘त्यसपछि त गर्लफ्रेन्ड हो भन्न नभ्याउँदै उनीहरुले मलाई हिर्काउन थाले। एक जनाको हातमा माटोको गिलास रैछ, त्यसैले मेरो मुखैमा हान्यो,’ शाहरुख त्यही घटनाका कारण अझै पनि दिल्लीमा आफ्नो पत्नीलाई भाउजु भनेर सम्बोधन गरिरहेको बताउँदै भन्छन्, ‘त्यो घटनापछि मनमा अझै डर बसेको छ क्यारे। कस्तो जमाना आयो भने आफ्नै श्रीमतीलाई पनि कसैले को हो भनेर सोध्यो भने म भाउजू भन्छु।’

शाहरुख बलिउड फिल्म क्षेत्र छिट्टै पुरानै गतिमा चलमलाउने विषयमा पनि सकारात्मक रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ। उनी पछिल्लो समय निर्देशक आनन्द एल राईको ‘जिरो’ फिल्ममा देखा परेका थिए। अब उनी आफ्नो अर्को फिल्म सिनेमा घरबाटै सार्वजनिक गर्ने र हेर्ने धाउन्नमा रहेको एक अन्तर्वातामा बताएका छन्। 

उनले भनेका छन्, ‘हामी अब फिल्म सुटिङ थाल्छौ। त्यसपछि पोष्ट–प्रोडक्सनको काम। अबको एक वर्ष भित्र हलबाटै हाम्रो फिल्म सार्वजनिक हुनेछ।’ 

एक रिपोर्टका अनुसार उनी सिद्धार्थ आनन्दद्वारा निर्देशित फिल्म ‘पठान’मा दीपिका पादुकोण र जोन अब्राहमसँग देखा पर्दैछन्। र, फिल्मको सुटिङ यसै महिनाको अन्तिमबाट सुरु  हुनेछ।

अहिले शाहरुख आफ्नो परिवारसँग युएईमा छन्। इन्डियन प्रिमियर लिगका संस्थापकमध्येका एक शाहरुख पनि हुन्। त्यसैले उनी आफ्नो टोली र फ्यानलाई हौसला दिन युएई पुगेका हुन्।