निर्मला बलात्कार र हत्या : विशालको परिवारद्वारा मानव अधिकार आयोगमा उजुरी

निर्मला बलात्कार र हत्या : विशालको परिवारद्वारा मानव अधिकार आयोगमा उजुरी

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा पक्राउ परेका विशाल चौधरीको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

सोमबार बिशालका बाबु वीर बहादुर चौधरीले कञ्चनपुर प्रहरीले यातना दिएको भन्दै आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दिएका हुन् ।बाबु वीर बहादुरले छोरालाई निर्मम यातना दिएको भन्दै छानबिन गरी आवश्यक काबारही गर्न सिफारिश पाउँ भन्दै उजुरी दिएका छन् ।

छोरालाई मानसिक तथा शारीरिक यातना दिएर निर्मलाको बलात्कारपछि हत्या गर्न दवाव दिएको निवेदनमा उल्लेख गरिएको छ ।

प्रहरीले यातना दिएर अपराध स्वीकार्न लगाएर कञ्चनपुरमा भनेअनुसार काठमाडौंमा नभने मारिदिने धम्की दिएको निवेदनमा उल्लेख छ । १९ मंसिर भीमदत्त नगरपालिका, १८ घर नजिकैबाट पक्राउ परेका विशालको डिएनएन नमिलेपछि ७ पुसमा परिवारको जिम्मा लगाएको थियो । 

अधिकारकर्मी शारदा चन्दले कञ्चनपुर प्रहरीले छानबिनमा आएका सिआइबी टोलीले विशाललाई अपराध काबुल गराउन यातना दिएको भन्दै उजुरी दिने घोषणा गर्दै आएकी छिन् । उनले अहिले आएको प्रहरी नेतृत्वले समेत गरिब, निमुखाका निर्दोष छोरालाई फसाउन उद्यत रहेको आरोप लगाइन् । 

उता कञ्चनपुर प्रहरीले विशाललाई कुटपिट नगरेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले विशाललाई कञ्चनपुर जिप्रकाभित्र बाहिर अपशब्द समेत प्रयोग नगरेको बताए । ‘हामीले उनलाई सम्मानजनक रुपमा सोधपुछ गरेर काठमाडौं पठाएका हौँ,’ उनले भने, ‘कुटपिट दबाब दिने कुरै भएन् ।’  याे समाचार नयाँपत्रिका बाट लिएकाे हाे ।