आजको राशिफल

आजको राशिफल

आज मिति २०७७ कात्तिक १८ गते मंगलबार, इस्वीसंवत नभेम्वर ३ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ । 

मेषः समय खराब रहनेछ । आज चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । सडे गलेको बासी खाना होटलमा नखानुहोला । पिसाव सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । 

वृषः समय अत्यन्त शुभ रहनेछ । आज ज्यादै फाइदाको रहेकोछ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका आजै राम्रो हुनेछ । 

मिथुनः समय खराब रहनेछ । गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीको लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । कुनै पनि काम गर्दा सतर्क रहनु आवश्यक छ । 

कर्कटः समय शुभ छ । स्वास्थ्य पनि भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । वृहस्पति ग्रह मजवुत रहेकाले मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन ।  समयको सही सदुपयोग गर्नुहोला । 

सिंहः समय मध्यम खालको छ । अरुलाई जति राम्रो गर्छु भने पनि जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुने, आफन्त मानिएका व्यक्तिको विरोधले कतिपय कामहरू अधुरो रहनेछन् । जताबाट पनि खर्चमात्रै हुने, यात्रामा समस्या हुने अवस्था रहेको छ । 

कन्याः समय खराब रहनेछ । अनावश्यक कार्यमा खर्च गर्न मन लाग्ने, निरासका भावना मनमा उठ्नेछन् । पति–पत्नीबीच मनमुटाव हुन सक्नेछ । आम्दानी भन्दा खर्च बढी हुनाले पारिवारिक तनाव बढ्न सक्नेछ । गरेको कामबाट जस पाइनेछैन । 

तुला  स्वास्थ्य राम्रो रहनेछैन । स्वास्थ्यमा एक्कासी समस्या आउनेछ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ । 

वृश्चिकः स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रस· सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ । आज ४ बजेपछि भने समय खराब रहने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा सतर्क हुनुहोला । 

धनुः समय राम्रै रहनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । 

मकरः समय खराब छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन निकै सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्च गनुपर्नेछ । दिनमा ४ बजेपछि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । 

कुम्भः समय खराब नै रहनेछ । पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ । प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। दिनमा ४ बनेपछि विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । 

मीनः  आज केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ । मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अरूको करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ । 

साइतः चन्द्रमा वृष राशिमा छन् त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।