दिल्ली आईपीएलको क्वालिफायरमा प्रवेश

दिल्ली आईपीएलको क्वालिफायरमा प्रवेश

काठमाडौं। सोमबार राति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा दिल्ली क्यापिटल्सले जित निकाल्दै क्वालिफायरमा प्रवेश गरेको छ । यूएईमा भएको उक्त खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो । 

खेलमा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

उक्त खेलमा दिल्लीका लागि अजिन्का रहाणेले ६० रन बनाउदै र शिखर धवनले ५४ रन बनाउदै अर्धशतकीय पारी खेले भने कप्तान श्रेयस एयरले ७ रन  र पृथ्वी शले ९ रन बनाए । 

त्यस्तै बलिङतर्फ बेङ्ग्लोरका शाहबाज अहमेदले २ विकेट लिए भने वासिङ्गटन सुन्दर र मोहमद सिराजले एक एक विकेट लिए । जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।