कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पर्सामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो मात्र श्वासप्रश्वासमा समस्या भएपछि नारायणी अस्पताल वीरगन्जमा भर्ना भएका पुरुषको मृत्यु भएको हो ।

अस्पतालका अनुसार पर्साको धोबिनी गाउँपालिका–४ का ५० वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा। अतुलेशकुमार चौरसियाका अनुसार मृत्युपछि उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।  योसँगै पर्सामा कोरोनाले मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । जसमध्ये १ लाख ३७ हजार ९९२ जना डिस्चार्ज भएका छन् भने देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ९८४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र २४ जनाको मृत्यु भएको छ भने दुई हजार ९३३ जनामा संक्रमण पुष्टि भएको छ ।