किन भयो ८ दिनका लागि धनगढी विमानस्थलमा उडान बन्द ?

किन भयो ८ दिनका लागि धनगढी विमानस्थलमा उडान बन्द ?

धनगढी :धनगढी विमानस्थलमा ८ दिनका लागि उडान बन्द भएको छ । 

नागरीक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढथापाका अनुसार सोमवारदेखि पुस १७ गते सम्म विमानस्थलका उडान विहान ६ बजेदेखि साँझ ६ बजे सम्म बन्द भएका छन ।  

उडान बन्दबारे प्रमुख बुढाथापाले भने, ‘बर्षातको पानीले विमानस्थलको धावनमार्ग केही दवेको र चर्किएको छ । त्यसको मर्मतका लागि बन्द गरिएको हो ।’

उनले काठमाण्डौबाट आएको टोलीले सोमवार विहानैदेखि धावनमार्ग मर्मतको कार्य समेत थालेको जानकारी दिए । 
बुद्धल भने उडान भर्ने 

धनगढी विमानस्थलमा दैनिक ५ जहाज हुदै आएका थिए । त्यसमध्ये श्री र सौर्य एयरलाईन्सले बाहेक बुद्धले भने उडान भर्ने छ । 

बुद्ध एयरले धनगढी विमानस्थलमा रात्रिकालिन उडानका लागि अनुमति पाएको छ । त्यसैल बुद्धले साझँ ६ बजेपछि दैनिक उडान गर्ने प्रमुख बुढथापाले बताए ।