सुशान्त घटनामा अर्को मोडः सुशान्तकी बहिनी तानिइन् छानबिनमा, सुशान्तकी गर्लफ्रेन्डले दिइन् उजुरी

सुशान्त घटनामा अर्को मोडः सुशान्तकी बहिनी तानिइन् छानबिनमा, सुशान्तकी गर्लफ्रेन्डले दिइन् उजुरी

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब चार महिनाभन्दा बढी भइसकेको छ । तर, यस विषयमा भारतमा अहिले पनि चर्चा जारी छ । 

नहोस् पनि किन दैनिक यस विषयमा नयाँ नयाँ खुलासा भइरहेको छ । 

अब त मुम्बई प्रहरीले बम्बे उच्च अदालतमा सुशान्तकी बहिनीविरुद्ध उजुरी दिएको छ । प्रहरीले आफ्नो कर्तव्य भएकाले यो गरेको बताएको छ । 

खासमा सुशान्तकी गर्लफ्रेन्ड भनिएकी रिया चक्रवर्तीले सुशान्तका बहिनीहरु प्रियंका र मितूविरुद्ध उजुरी दिएकी हुन् । उनीहरुले दाजुको मेडिकलसम्बन्धी गलत सन्देश दिएको र फर्जी बिलसमेत बनाएको आरोप उनले लगाएकी छिन् ।

मुम्बई प्रहरीले यसमा आफूलाई सिबिआइले चाहिँ असहयोग गरेको पनि बताएको छ ।

रियाले नै उजुरी दिएपछि यो घटनामा थप नयाँ मोड आउन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 प्रकाशित मिति स् १९ मिनेट अघि,