चिसो बढ्योः देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

चिसो बढ्योः देशका उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपात हुने

काठमाण्डाै। आज देशका उच्च पहाडी तथा  हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

विशेषगरी प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी  भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

देशका अरु ठाउँको मौसममा भने आंशिक देखि सामान्य बदली रहनेछ । काठमाण्डौसहित केही पहाडी क्षेत्रमा बिहान लागेको बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना छ । तर निरन्तर घाम लाग्ने सम्भावना भने छैन । एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने छ ।  भोलि र पर्सिकाे मौसम पनि यस्तै नै रहने मौसमविद् श्रेष्ठले बताउनुभयो । यसैबीच आज बिहान ६ बजेको काठमाण्डौ उपत्यकाको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।