नगर प्रमुख वड लाई स्थानियको साथ, सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना घरधनीले स्वस्फुर्त रुपमा भत्काउँदै

नगर प्रमुख वड लाई स्थानियको साथ, सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना घरधनीले स्वस्फुर्त रुपमा भत्काउँदै

धनगढी ।  धनगढी उप–महानगरपालिकामा सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना घरधनीले स्वस्फुर्त रुपमा भत्काउन थालेका छन् ।

अहिले धनगढी उप–महानगरपालिकामा संघीय सरकारको क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना धरधनीले स्वस्र्फुत रुपमा भत्काउन थालेका हुन् । क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने गुल्म चर्च सडक र शहीदगेट–क्याम्पस रोड सडकमा पर्ने संरचनाहरु स्थानीयले भत्काउन थालेका छन् ।

बुधबारदेखि उनीहरुले संरचना भत्काउन थालेको उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशिला मिश्रभट्ट लगायतका जनप्रतिनिधिले सडकको क्षेत्राधिकार भित्र पर्ने संचरना भत्काएर विकासको काममा सहयोग गर्ने नगरबासीलाई धन्यवाद समेत दिएका छन् । साथै  स्वस्फुर्त रुपमा भौतिक संरचना भत्काउने घर धनिलाई नगरपालिकाले विषेश सम्मान गर्ने नगर प्रमुख वडले बताएका छन् ।