आज मुम्बई र दिल्ली भिड्दै

आज मुम्बई र दिल्ली भिड्दै

धनगढी ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो ।

विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।

अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच आगामी सोमबार दुबईमा यो वर्षको आईपीएल उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।