कैलाली प्रहरीद्धारा धनगढी स्थित एक होटलबाट ३ युवती सहित ७ जना पक्राउ

कैलाली प्रहरीद्धारा धनगढी स्थित एक होटलबाट ३ युवती सहित ७ जना पक्राउ

धनगढीः कैलाली प्रहरीले धनगढीको एक होटलबाट ३ युवती सहित ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले गएराती बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैला सहितका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बेचबिखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा हान्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैला सहितका ४ जना पुरुषलाई पक्राउ गरिएको हो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।