दुर्गम बस्तीमा बिजुली पुग्दा नागरिक खुशी 'भन्छन मोवाईल चार्ज गर्न बजार जानुपर्ने बाध्यताको अन्त्य भयो'

दुर्गम बस्तीमा बिजुली पुग्दा नागरिक खुशी 'भन्छन मोवाईल चार्ज गर्न बजार जानुपर्ने बाध्यताको अन्त्य भयो'

अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाका कासिराम साउँदले गाउँमा राष्ट्रिय प्रसारण लाइन बिस्तार भएर यसरी बस्ती झलमल होला भनेर कल्पना समेत गरेका थिएनन । वडा नम्बर १ खान्डाँडाँ टोलकाvकरिब ७० बर्षिया साउँदले अहिले यसरी आफ्नै गाउँमा बत्ती बलेको देख्न पाउँदा उनको खुसीको सिमा छैन ।

बर्षले ७० कटेका साउँद विगत देखि सामाजिक कार्य र राजनिती गर्दै आएका थिए । आफु राजनिती गर्दै आएपनि आफुले यसरी गाउँमा बत्ती पुग्ला भन्ने कल्पना समेत नरेको उनी बताउँछन । बर्षौ देखि अन्धकारमा बस्न बाध्य भएका नागरिकहरु अहिले गाउँमा बत्ती पुगेपछि घरमा वाईरिङ्ग गर्ने काममा व्यस्त छन भने कतिपय नागरिकहरुले घर झिलिमिलि बनाई सकेका छन ।

पहिले गाउँबाट सदरमुकाममा बत्ती बलेको देख्दा हाम्रो गाउँमा कहिले विजुली पुग्ला भन्ने लग्थ्यो,’उनले भने,‘तर अहिले आफ्नै गाउँमा बत्ती बाल्न पाउँदा खुशी लागेको छ ।’ देश संघियता गएपछि जनताले सोचे अनुसार नै विस्तारै काम भईरहेको उनको भनाई छ । देशमा संघियता आएकै कारण आफ्नो टोलमा विजुली पुगेको उनी बताउँछन । बर्षौ देखि अन्धकारमा बस्न बाध्य जनतालाई उज्यालो दिएको भन्दै उनले गाउँपालिकाका अध्यक्ष लगायत सम्बन्धी व्यक्तिहरुलाई धन्यवाद दिए ।

यस्तै अर्का करिब ८० बर्षिय समाजसेवी डम्मर साउँदले पनि विगतका कुरा सम्झीदै गाउँमा विजुली पुग्दा अच्मीत भएको बताए । पहिलेको समयमा आफुले सल्लाको झोरो बालेर उज्यालो बाल्ने गरेको उनी सुनाउँछन । तर अहिले आएर हरेकको घर–घरमा उज्यालो सँगै खुशी छाएको बताए । आफ्नो समयमा पढ्न समेत रातीको समयमा सल्लाको झोरो बाल्नु परेको उनले दुखेसो पोखे ।

अब गाउँमा विजुली पुगेसँगै विद्यार्थीहरुलाई रातीको समयमा पढ्न देखि लिएर विभिन्न यन्त्र उपकरण प्रयोग गर्न समेत सजिलो हुने उनको विश्वास छ । यसैगरी अर्का समाजसेवी फुत्ति साउँदले पनि गाउँमा विद्युत पुगेसगै धेरै कामहरु गर्न सजिलो हुने भन्दै खुशी व्यक्त गरेका छन । अब नागरिकहरुले विजुलीको सहि सदिपयोग गरेर फाईदा लिन सक्ने उनले विश्वास व्यक्त गरे ।

गाउँपालिकाको पहलमा दुर्गम बस्तीमा बिजुली बलेपछि महिला, बालबालिका र बृद्धबृद्धाहरु दंग परेका छन । गाउँमा बिजुली नभएकाले पहिले मोबाइल चार्ज गर्न बजार वा अन्य सोलार भएको व्यक्तिको घर सम्म धाउनु पर्ने बाध्यता थियो ।

अब त्यो बाध्यताको अन्त्य भएको भन्दै उनीहरु खुशी छन । यसैगरी गाउँपालिका आफ्नो क्षेत्र भित्र पर्ने ठाउँहरुमा विद्युत स्तिार गर्ने काममा धमाधम लागि परेको छ ।