मदिरा सेवन गरि सभामुख सापकोटाका स्वकीय सचीव ऐर सु.प विश्वविद्यालयका प्रमुख बिष्ट बिच कुटाकुट

मदिरा सेवन गरि सभामुख सापकोटाका स्वकीय सचीव ऐर सु.प विश्वविद्यालयका प्रमुख बिष्ट बिच कुटाकुट

कार्तिक २०,कंचनपुर ।
मदिरा सेवन गरि सभामुख अग्नि सापकोटाका स्वकीय सचीव नवराज ऐर  र सु.प विश्वविद्यालयका  प्रमुख भुपेन्द्र बिष्ट बिच कुटाकुट भएको छ ।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका स्वकीय सचिव  ऐर र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख (प्रिन्सिपल)  विष्ट बिच कुटाकुट भएको प्रहरीले जनाएको छ ।बुधवार राति भीमदत्त नगरपालिका-४ महेन्द्रनगरस्थित मेघा होटलमा प्रिन्सिपल बिष्ट  र स्वकीय सचिव  ऐर बिच कुटाकुट हुदा स्वकीय सचीव ऐरको कानमा चोटपटक लागि दुईओटा टाका लागेको र क्याम्पस प्रमुख बिष्टको हातको औलामा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिसपी अमर बहादुर थापाले बताएका छ्न । उनले भने " हाल दुवै जना हाम्रो सम्पर्कमा छैनन , के कति कारणले उनिहरु बिच कुटाकुट भएको हो त्यो जानकारी प्राप्त हुन सकेको छैन ।" रक्सीले मातिएको अवस्थामा सभामुखका स्वकीय सचिव ऐर र प्रिन्सिपल विष्टबीच झगडा भएको खुलेको डिसपी  थापाले जानकारी दिए।

‘रक्सी खाएर दुई जनाबीच झगडा भएको खुलेको छ। अहिलेसम्म कसैबाट उजुरी आएको छैन,’ डीएसपी  थापाले भने । 
दुवै बिचको कुटाकुट पछि  घाइते भएका दुवै जना महाकाली अस्पतालमा उपचारपछि बुधवार राति नै घर फर्किएको प्रहरीले जनाएको छ ।