कैलालीको गौरीगंगा ३ का कोरोना संक्रमित वडाध्यक्षको निधन

कैलालीको गौरीगंगा ३ का कोरोना संक्रमित वडाध्यक्षको निधन

धनगढीः कैलालीको गौरीगंगामा कोरोना संक्रमणबाट जनप्रतिनिधिको निधन भएको छ ।

शुक्रबार बिहान (आज) सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का  वडाध्यक्ष नरेन्द्रबहादुर शाहको निधन भएको हो । शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

नेकपाका कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमणबाट वडाध्यक्ष शाहको मृत्यु भएको जानकारी दिएका छन् ।

शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए । यद्धपि शाहको मृत्युबारे अस्पतालले भने औपचारिक रुपमा पुष्टि गरेको छैन् ।