सशस्त्र प्रहरी कञ्चनपुर द्धारा ३ लाख बढीका अवैध समान बरामद

सशस्त्र प्रहरी कञ्चनपुर द्धारा ३ लाख बढीका अवैध समान बरामद

धनगढी। कञ्चनपुरमा सशस्त्र प्रहरीले जिल्लाका दुई स्थानबाट ३ लाख ५७ हजार बढिका अवैद्ध सामान बरामद गरिएको छ ।

भारतसंग जोडिएका सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले ३ लाख ५७ हजार ५ सय ६० को अवैद्ध सामान बरामग गरेको सशस्त्र प्रहरी जानकारी दिएको छ । 

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाट र लालझाडी गाउँपालिका वडा नम्बर १ को लालझाडी सामुदायिक वन क्षेत्रबाट ३ लाख १३ हजार एक सय ६० मुल्यका कपडा, डिएपी मल र यूरिया मल बरामद गरिएको हो ।

अवैद्ध सामान गड्डाचौकी भन्सार कार्यालय बुझाइएको छ ।  ४४ हजार ४ सयको ३७ बोरो मल कैलाली भन्सारलाई बुझाइएको छ ।