कोरोना संक्रमित ल्याब टेक्निसियनको मृत्यु

कोरोना संक्रमित ल्याब टेक्निसियनको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका -६ की २५ वर्षीय एक ल्याब टेक्निसियन युवतीको कोरोना संक्रमणका कारण शनिबार बिहान मृत्यु भएको छ । 
युवतीलाई रुघाखोकी, ज्वरो लगायतका समस्या बढ्दै गएपछि थप उपचारका लागि एक हप्ता अघि नोबेल अस्पताल विराटनगर लगिएको थियो । अस्पतालमा लगेर कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजिटिभ देखिएको पारिवारिक स्रोतले बताएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार झापाका कोरोना पोजिटिभ देखिएर मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।