करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ  । मोरङको पथरीशनिश्चरे- ८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृतक सुनसरीको रामधुनी–८ घर भएका ४५ वर्षीय सुवरलाल चौधरी रहेको पथरी प्रहरीले जनाएको छ । साँझ ६ बजेतिर एक घरमा बिद्युतका काम गरिरहेका उनी करेन्ट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा मोरङ अस्पताल पथरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।