विजगडामा स्थानिय द्धारा अस्पताल निमार्णका लागी ८ रोपनी जग्गादान

विजगडामा स्थानिय द्धारा अस्पताल निमार्णका लागी ८ रोपनी जग्गादान

बझाङ: बुङगल नगरपालिका–४ विजगडामा रहेको खिरातडी स्वास्थ्य चौकीलाई स्थानीयले ८ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन ४ गतेको निर्णय अनुसार बुङगल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकीको स्तरोन्नती भई १५ सैयाको अस्पताल हुने भए पछि आवश्यक भौतिक संरचना निमार्णका लागी जग्गा आवश्यक परेको थियो । अस्पताल निमार्णका लागी वडा नं ४ तम्तोलिका स्थानियले जग्गादान गरेका छन । खिरातडी स्वास्थ्य चौकीको स्तरोन्नति भई १५ सैयामा अस्पताल हुने भए पछि बुङगलवासी हर्षित भएका छन । 

स्वास्थ्यचौकीको स्तरोन्नति भई १५ सैयाको अस्पताल निमार्णका लागी स्थानिय ११ जना जग्गाधनिहरुले निशुल्क जग्गादान गरेका छन । अस्पताल निमार्णका लागी वडा नं ४ तम्तोलिका ललितप्रसाद जोशी, बसन्तराज जोशी, धनि पन्त, नन्दप्रसाद जोशी, अम्वादत्त जोशी, किस्ने पन्त, महामति जोशी, धनराज जोशी, धनिराम जोशी, शुशीला नाथ, र रघुनाथ जोशीले नि शुल्क रुपमा ८ रोपनी जग्गादान गरेका हुन ।  

खिरातडी स्वास्थ्य चौकीका ईन्चार्ज नरेस कुँवरले स्थानियले दिएको जग्गा खिरातडी स्वास्थ्य चौकीको नाममा पास भै सकेको बताए ।  उनले भने स्वास्थ्य चौकीको स्तरोन्तनि भई १५ सैयाको अस्पताल हुने भए पछि हामीले असोज २९ गते एक सार्वजनिक सुचना जारी गर्दै निशुल्क जग्गादान दिन ईच्छुक जग्गाधनि बाट निवेदन दिन अनुरोध गरेका थियौँ । वडा नं ४ का वडाध्यक्ष अम्मरराज जोशीको विशेष पहलमा स्थानियहरुले निशुल्क जग्गादान दिने निर्णय गरेर स्वास्थ्य चौकीका मञ्जुरीनामा कागज सहित आएपछि हामीले शुक्रबार ८ रोपनी जग्गा स्वास्थ्य चौकीका नाममा पास गरि सकेका छौ ।

करिब ४ रोपनी जग्गा छदै छ । पहिले स्वास्थ्य चौकीको नाममा भएको र अहिले निशुल्क दिएको जग्गा मिलाएर अस्पताल निमार्णका लागी प्रसस्त हुन्छ । अब चाँडै नै अस्पताल निमार्णको काम हुने उनको भनाई छ ।

स्वास्थ्य चौकी स्तरोन्नति हुने भए पछि बुङगल नगरपालिकाको बैठकमा विजगडा बाट स्वास्थ्य चौकी अन्यत्रै लैजानु पर्ने कुरा उठन थालेको थियो । धैरैले यति ठुलो मात्रामा कसैले जग्गादान दिन नमान्ने भन्दै विजगडा बाट सार्ने प्रयास भएको थियो । वडा नं ४ का वडाध्यक्ष अम्मरराज जोशीले स्थानिय संग परामर्श तथा समन्वय गरेर स्थानियले जग्गादान गरे पछि अस्पताल सार्ने प्रयास असफल भएको छ । वडाध्यक्ष जोशीले भने कार्यपालीकाको बैठकमा यस विषयमा सामान्य कुरो उठेको हो ।

जग्गा नपाए पछि अन्यत्रै लैजानु पर्छ भने पछि मैले स्थानियहरु संग अनुरोध गरे । उहाँहरुले मानिहाल्नु भयो । विशेष गरेर बुङगल नगरपालिकाको हकमा सबैलाई पाएक पर्ने भनेकै विजगडा हो । अस्पताल निमार्णका लागी अनेकथरी व्यवधान आए पनि हामीले सहजै पास गरेका छौ । बुङगल क्षेत्रको विकासका लागी अझै पनि सदैब लागी रहने जोशीको भनाई छ ।