ढाकामा नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण शुरु

ढाकामा नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण शुरु

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आजबाट ढाकामा प्रशिक्षण थाल्ने भएको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको कोरोना रिर्पाट नेगेटिभ आएसँगै प्रशिक्षण शुरु गर्न लागिएको हो ।

टिमका प्रशिक्षण नेपालले समय अनुसार साढे १०:३० बजेबाट प्रशिक्षण शुरु हुनेछ । नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्ने छन् ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।