३८ थान मोबाइल सहित एकजना पक्राउ

३८ थान मोबाइल सहित एकजना पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले विभिन्न कम्पनिका ३८ थान मोबाईल सहित एकजनालाई नियन्त्रणमा लिएको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले ना ५ ख २२८७ नम्बरको नेपालगंजबाट काठमाण्डौतर्फ आउने यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा उक्त बसमा लुकाई छिपाई ल्याउदै गरेको विभिन्न कम्पनिका ३८ थान मोबाईल बिना बिल तथा कागजात फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोबाइल काठमाण्डौं नागार्जुन नगरपालिका ३ बस्ने २८ वर्षका आषिक श्रेष्ठले खरिद गरेको पाइएकाले निजलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले शनिबार काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ स्वयम्भुबाट नियन्त्रणमा लिएको छ ।

बरामद मोबाइलहरूमा भिभो ७ थान, ओप्पो  ६ थान, रेडमी १७  थान, सामसङ  ५ थान, वानप्लस १ थान,  मोटोरोला १ थान र इनफिक्स १ थान रहेको छ । बरामदी मोबाईलको बजार मुल्य करिब ३ लाख ५० हजार रहेको प्रहरीले जनाएको छ ।

बरामद मोबाईल तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय सानो गौचर काठमाण्डौ पठाईएको  छ ।