आईपीएलको अन्तिम लडाईं आजः दिल्लीलाई पहिलो पटक उपाधि जित्ने मौका

आईपीएलको अन्तिम लडाईं आजः दिल्लीलाई पहिलो पटक उपाधि जित्ने मौका

काठमाडौं । आईपीएलको यो सीजनको अन्तिम म्याच आज रहेको छ ।

यो सीजनको अन्तिम म्याचमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । रोहित शर्माको मुम्बई छैटौँ पटक आईपीएलको फाइनल खेलिरहेको छ । जसमा ४ पटक (२०१३, २०१५, २०१७, २०१९) मा उपाधि जितेको छ ।

श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्लीमा ब्याटिङको जिम्मेवारी शतकवीर शिखर धवन र कप्तान अय्यरको काँधमा छ ।

धवनले सीजनमा ५०० भन्दा धेरै रन बनाइसकेका छन् । धवनले चेन्नई र पञ्जावविरुद्ध (१०१, १०६) रनको नटआउट पारी खेलेका थिए ।