नेपालसँग सम्बन्ध सुधार्न भारतले पहल थाल्यो

नेपालसँग सम्बन्ध सुधार्न भारतले पहल थाल्यो

पछिल्लो समय चिसिएको नेपाल–भारत सम्बन्ध सुधारका लागि भारतले महत्वपूर्ण प्रयास गरेको छ । भारतीय सेना प्रमुख नेपाल भ्रमण गरी फर्किएको एक सातापछि नै विदेश सचिव हर्ष वर्धन श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ ।

उनी यही नोभेम्बरको अन्त्यमा काठमाडौँ आइपुग्ने बताइएको छ । विशेष गरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बुझिएको छ । नेपालसँगको सम्बन्ध सामान्य बनाउन भारतले ठूलो कदम चालेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।