एका बिहानै गोकुल बास्कोटाको यस्तो ट्वीट ? लेख्छन्, ‘प्रधानमन्‍त्रीलाई पानी पिउन नपाउने गरी गरिने कारबाहीको प्रतिक्षामा छु !’

एका बिहानै गोकुल बास्कोटाको यस्तो ट्वीट ? लेख्छन्, ‘प्रधानमन्‍त्रीलाई पानी पिउन नपाउने गरी गरिने कारबाहीको प्रतिक्षामा छु !’

काठमाडौं । पूर्व मन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली माथि पार्टीभित्रैबाट कारबाही हुन लागेको संकेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने बास्कोटाले पार्टीका नेताहरुलाई जीम्वालको संज्ञा दिँदै खतरा कारबाही गर्ने संकेत गरेका हुन । नेता बास्कोटाले ‘दूई साता’ समय नै तोकेर प्रधानमन्त्री ओलीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कार्यबाही तयारी रहेको बताए ।

मंगलवार बिहान एक ट्वीट गर्दै बास्कोटाले भनेका छन्, “जीम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे !”

उक्त कुरा आफूले भर्खरै सुनेको तर पत्यार नलागेपनि आफूले त्यसको प्रतिक्षा गरेर बस्ने पनि बताएका छन् । “भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।”

नेकपाभित्र पछिल्लो समय आन्तरिक विवाद चुलिएको छ । अध्यक्षद्वयको टकरावको कारण विवाद चुलिएर पार्टी फुटको अवस्थामा पुगेका बेला ओली निकट मानिएका नेता बास्कोटाको यस्तो भनाइ आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।