दिलको ढोका न बन्द गर प्रिया

दिलको ढोका न बन्द गर प्रिया

दिलको ढोका न बन्द गर प्रिया।
प्रेमको आवाज बुलन्द गर प्रिया।।

थाहा पाउला भित्ताले कानेखुसी,
तिब्र छ गति अब मन्द गर प्रिया।।

तिम्रो निसाना म अन्तै देख्छु खै,
जे गर्ने हो चाडै प्रवन्ध गर प्रिया।

तिम्रो जीवन तरिका जिउने तिम्रो,
म बोल्दिन जति नै द्वन्द गर प्रिया।

जवर्जस्ती हुँदैन जमाना फरक हो,
नबिगार बलियो सम्बन्ध गर प्रिया।