उनको भरोसा मेरो प्यार बन, ए जिन्दगी

उनको भरोसा मेरो प्यार बन, ए जिन्दगी

उनको भरोसा मेरो प्यार बन, ए जिन्दगी।
अब अलिकति समझदार बन,ए जिन्दगी।

झुक्नु नपरोस झुकाउन नपरोस कहिल्यै,
मालिक मर्जिको सरकार बन,ए जिन्दगी।

अरुको दु:खको कारण त कहिल्यै नबन्नु
सक्यो दु:खमा मदतगार बन,ए जिन्दगी।

षड्यन्त्रका र चक्रव्युहको प्रहार हुँदा मेरो,
अस्तित्त्व बचाउन तरवार बन, ए जिन्दगी।

सधैं मित्रको छातीमा बस्ने हार बन्नु तिमी,
शत्रुको शीरमा बज्ने प्रहार बन,ए जिन्दगी।