सामुन्ने हेर्दा त भगवान मान्नेहरूको भीड छ।
पछाडि पनि उस्तै खुट्टा तान्नेहरूको भीड छ।
आफू शस्त्र शास्त्रले सुशोभित जस्तै ठान्छौ,
तर खासमा बोल्न नि नजान्नेहरूको भीड छ।
सत्ताको वरिपरि हेर्नु लाग्छन नदी किनारका,
बालुवामा सुन छान्ने झैँ छान्नेहरूको भीड छ।
तुच्छ र सर्बोच्च त जनता छुट्याउने नै छ तर,
आफू-लाई सर्वोच्च नेता ठान्नेहरुको भीड छ।
तिमी ठान्दा हौ मेरा पछि लाग्ने इमान्दार, हेर,
मौकामा स्वार्थको चौका हान्नेहरूको भीड छ।