न त घर छ न कुनै गतिलो जागीर छ आफ्नो।
सम्पत्तिको नाममा एकथान शरीर छ आफ्नो।
बेला-बेलामा बन्दक बन्न खोज्छ यो तन पनि,
सोच्छुँ कहिले त गजबको तकदिर छ आफ्नो।
त्यताका त गाउँहरू उज्याला देखिन थालेछन,
यता भने सधैं बस्तिमा बत्ती झिर्झिर छ आफ्नो।
अब पुस्तान्तरण गर्ने बेला भए जस्तै लाग्दैन र?
सधैं बा भन्नू हुन्छ थाप्लोमा मेरै पीर छ आफ्नो।
रमाउनेगरू रमाउदै गर जिन्दगीका घुम्तिहरूमा,
यता डोर्याउने जिम्मेवारीको लकिर छ आफ्नो।
तिम्रो जस्ता छैनन हाम्रा जिन्दगीका गोरेटाहरू,
सम्हालिनु पर्छ अगाडि यात्रामा भीर छ आफ्नो।