अबको केही दिन देशभरको मौसम सफा रहने

अबको केही दिन देशभरको मौसम सफा रहने

काठमाण्डौ - अहिले देशको पहाडी भेगमा सामान्य बादल लागेको छ ।  

बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । पानी पार्ने कुनै पनि मौसमी प्रणाली नभएकाले अबको केही दिन देशभरको मौसम सामान्यतया सफा नै हुने उहाँले बताउनुभयो ।

यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।