अमेरिकामा कोरोना संक्रमितको नयाँ रेकर्ड, कति छन् जम्मा संक्रमित ?

अमेरिकामा कोरोना संक्रमितको नयाँ रेकर्ड, कति छन् जम्मा संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा कोरोना भाइरसका कारण १२ लाख ७९ हजार १८४ जनाको मृत्यु भएको छ भने ५ करोड १८ लाख ५ हजार ३३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ६३ लाख ९१ हजार ६५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९४ हजार ९६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा हालसम्म १ करोड ५ लाख ५९ हजार १८४ जनालाई संक्रमण भएको छ भने २ लाख ४५ हजार ७९९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ६६ लाख १ हजार ३३१ जना संक्रमण मुक्त भएका छन् भने ३७ लाख १२ हजार ५४ जना उपचाररत छन् । अमेरिकामा १९ हजार ३७४ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको टेक्सासमा १९ हजार ४५३ जनाको मृत्यु भएको छ भने १० लाख ४२ हजार ४३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ९ लाख ९१ हजार ८१० जनालाई संक्रमण भएको छ भने १८ हजार ७० जनाको मृत्यु भएको छ । त्यस्तै फ्लोरिडामा अहिलेसम्म १७ हजार २५३ जनाको मृत्यु भएको छ भने ८ लाख ५२ हजार १७४ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा मंगलवार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । मंगलवार अमेरिकामा १ लाख ३५ हजार ५७४ जना संक्रमित थपिएका हुन् भने १ हजार ३४५ जनाको मृत्यु भएको छ ।