सांसद धामीले १२ दिनमा जिते कोरोना

सांसद धामीले १२ दिनमा जिते कोरोना

कञ्चनपुर । कञ्चनपुरका सांसद नरबहादुर धामी कोरोना मुक्त भएका छन्। सोमबार गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएका उनले फेसबुकमार्फत जानकारी गराएका छन्।

दशैंको अवधीमा रुघा खोकी लगायतको समस्या देखिएको उनलाई कार्तिक १२ मा परीक्षण गराउँदा संक्रमण देखिएको थियो। त्यसयता उनी होम आइसोलेसनमै बसेका थिए। कोरोना संक्रमण मुक्त भएपनि शारिरिक कमजोरी भने यथावत रहेको उनले जनाएका छन्। उनले दशैंताका जनतासँगै शुभकामना आदानप्रदान गर्न नपाएको क्षमा पनि मागेका छन्।