"तिहारको टीका थाप्ने रहर त छ तर दुई छाक टार्न मुस्किल भयो" : भारत फर्किने नेपाली।

"तिहारको टीका थाप्ने रहर त छ तर दुई छाक टार्न  मुस्किल भयो" : भारत फर्किने नेपाली।

कार्तिक २६,कंचनपुर ।
तिहार आइसक्यो तर रोजगारीका लागि भारत जाने नेपालिको लर्को भने रोकिएको छैन । कोरोनाको त्रासका कारण बिचमै काम छोडेर नेपाल भित्रिएका नेपालीहरु पुनः  कंचनपुरको गड्डाचौकि नाका हुँदै भारत फर्किरहेका छ्न ।  देशको प्रमुख समस्या रोजगारी नहुनु र अस्तव्यस्त व्यवस्थाका कारण देशका युवाहरु बिदेशिने बाध्यता रहेको छ । उच्च पदस्थमा रहेका देशका जिम्मेवार व्यक्तीहरु व्यक्तिगत स्वार्थमै केन्द्रित रहदै आपसमै लडिरहेक छ्न तर गरिब नेपालीहरुको बारेमा कसैको चासो देखिदैन ।  
"घरमा बस्दा दुई छाक टार्न मुस्किल परिरहेको छ,तिहार आउनु नआउनु हाम्रा लागि एकै हो। तिहारमा स-परिवार रमाउने मन त नभाको कहाँ होर ! तर हामिले भारत नगई नहुने बाध्यता छ ।" भारत गईरहेका बाजुरा जिल्ला बुढिगंगा नगरपालिका ६ सायलका सचिन गिरिले भने । उनले भने "घरको आर्थिक अवस्था ज्यादै कमजोर छ,हाम्रो देशमा रोजगारी को व्यवस्था छैन,भारत नजादा त हाम्रो रोजिरोटि नै बन्द हुन्छ ।"उनी   कोरोनाको  महामारी कै बिच हजारौं नेपाली सङ्गै स्वदेश फिर्ता भएका थिए ।

यसै गरि कैलाली टिकापुरका लक्ष्मण न्यौपाने  रोजगारीकै सिलसिलामा भारतको देहरादुन गईरहेका छ्न । तिहार नजिकै आइसक्यो तिहार मनाएर गएपनि हुन्थ्यो ? भन्ने प्रश्नको प्रतीउत्तरमा भने,"रहर नभाको कहाँ होर, तिहार मनाउन पनि त पैसा चाहियो तर छैन ।"

नेपालमा रोजगारीका कुनै अवसर नदेखेपछी आफ्नो खुशीलाई बन्धक राखी भारत जानुपर्ने बाध्यता भएको  उनीहरु बताउछ्न । गाउँमा बस्दा रोगले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेपछि आफुहरु बिदेशिनु परेको उनिहरुको भनाई रहेको छ। 

कोरोना संक्रमण को उच्च जोखिमका कारण स्वदेस फर्किएका नेपालीहरु देशका विभिन्न नाका हुँदै फेरि बाहिरिने क्रम जारी छ। उनिहरुमा  रोगको भन्दा भोक को चिन्ता धेरै रहेको छ । राज्य गैरजिम्मेवार हुँदा आफुहरु टुहुरा जस्तै भएको भारत फर्किरहेका नेपालीहरुले दुख पोखेका छ्न ।