एक्सन अगेंष्ट हंगर नेपाल द्वारा ५८ लाख बराबरको केएन९५ मास्क हस्तानतरण

एक्सन अगेंष्ट हंगर नेपाल द्वारा ५८ लाख बराबरको केएन९५ मास्क हस्तानतरण

काठमाडौैं । एक्सन अगेंष्ट हंगर(ए.सी.एफ.) नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा समाज कल्याण परिषदसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५८ लाख बराबरको केएन९५ मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीबीच संक्रमितको पहिचान र उपचारमा कार्यरत स्वास्थ्यकर्मीरुका लागी उक्त मास्क सहयोग स्वरुप प्रदान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभाग, टेकुमा सोमबार आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहलाई एक्सन अगेंष्टहंगर नेपालका निर्देशक फिलिप हामेलले मास्क हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा स्वास्थ्य सेवा विभाग अन्र्तगत व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेलका साथै महत्वपूर्ण सरकारी प्रतिनिधिहरु, एक्सन अगेंष्ट हंगर नेपालका कर्मचारीहरु तथा मिडियाकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रम  नेपाल सरकारतथा विश्व स्वास्थ्य संगठनद्वारा तोकिएको कोभिड—१९ सम्बन्धि संक्रमण रोहथाम तथा नियन्त्रणका उपायहरुलाई पालना गरी सम्पन्न गरिएको थियो ।