तिहारको मुखैमा दुखद खबर :बैतडीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु ,२९ जना घाइते

तिहारको मुखैमा दुखद खबर :बैतडीमा  बस दुर्घटना हुँदा ८ जनाको मृत्यु ,२९ जना घाइते

कार्तिक २८ ।बैतडीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु  र २९ जना घाइते भएका छ्न ।
दार्चुलाको गन्ना देखि कञ्चनपुर  महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहिवार राती १० बजे तिर  तिहारको मुखैमा  दुर्घटनामा परेको हो । बैतडीको खोड्पे देखि १ किलोमीटर अगाडि  दुर्घटना भएको बैतडी जिल्ला प्रहरी प्रमुख नारायण प्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार ४० भन्दा बढी यात्रु  सवार रहेको बस सडक बाट ५ समय मिटर तल खस्दा ८ जनाको घटना स्थलमै मृत्यु भएको छ ।२९ जना घाइते भएका र उनिहरु को उद्धार गरि घटनास्थलबाट नजिक पर्ने डडेल्धुराको जिल्ला अस्पतालमा  लागि उपचार भैरहेको प्रहरी प्रमुख अधिकारीले बताएका छन।
उनले भने "मृतक र घाइतेहरुको परिचय खुल्न सकेको छैन र घटनाका बारेमा बिस्तृत जानकारी बिहान नै थाहा हुने छ"।
स्थानीय युवाहरुको पहलमा घाइतेहरु को उद्धार गरि अस्पताल पुर्याइएको हो । दुर्घटना के कसरी घटेको हो खुल्न नसकेको प्रहरीले जनाएको छ ।