काठमाडौं - झापामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ६ का ६२ वर्षीय पुरुष रहेका छन् ।
उनको झापाको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । उनलाई कार्तिक १२ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
मृतक पुरुषमा मृगौला रोगको पनि समस्या रहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ ।