कैलालीमा कार्यरत महिला प्रहरीको यातनाका कारण युवकले गरे आत्महत्याको प्रयास, सुरक्षाको माग गर्दै स्थानीय

कैलालीमा कार्यरत महिला प्रहरीको यातनाका कारण युवकले गरे आत्महत्याको प्रयास, सुरक्षाको माग गर्दै स्थानीय

धनगढी ।  कैलालीमा महिला प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेका छन् । 

समाजिक हिंसाका कारण महिलाले आत्महत्या गरेको र गर्ने प्रयासका घटना प्रशस्त सुन्ने अनि देखिने गर्दछन तर महिलाका कारण पुरुषले आत्महत्याको प्रयास गरेको सायदै बिरलै सुन्नमा मिल्छन । तर धनगढीमा महिला प्रहरीको यातनाका कारण एक पुरुषले आत्महत्याको प्रयास गरेका छन ।

जिल्लाको धनगढी उप–महानगरपालिका स्थित पशुपति टोलमा ‘लिभिङ टुगेदरमा’ बस्दै आएकी कमला मगर महिला प्रहरीले आफ्नो साथी अन्दाजी (१८–१९) वर्षिय युवक सुनिल भण्डारी लाई दिनहु अनेकौं बाहानामा यातना दिने गरेको र जबरजस्ति विबाह गराउन लागेकोले युवकले महिला प्रहरी डिउटीमा गएको बेला आत्महत्याको प्रयास गरेको  जनाईएको छ । 

उनिहरु दुबै जना पशुपतिटोलमा भाडा गरी बसीरहेका हुन् । अहिले स्थानियले दुवैजनालाई कैलाली प्रहिको जिम्मा लगाएका छन् । 

प्रतक्षदर्शी स्थानिय महिलाले धनगढी खबर संग कुरा गर्दै भनिन्,‘महिला प्रहरीले युवकलाई बिहे गर्ने भनि बोलाएर संगै बस्नलागेको तिन महिना पुग्नलाग्यो तर खै यीनिहरु सधै झगडामात्रै गर्थे । आज तयुवकले झुण्डिएर आत्महत्याको प्रयास समेत गरे, धन्न ! बाबुले समयमै देख्यो र सबै मीलेर ज्यान जोगाउन सफल भयौं ।’

सम्झाउदा पनि उल्टै महिला प्रहरीले धम्काउने गरेको बताउदै भोली आफुहरुलाई समस्या पर्ने डरले प्रहरीको जिम्मा लगाएको उनले बताईन् । 

त्यस्तै, अर्का प्रतक्ष दर्शी एक युवकले धनगढी खबरसंग कुरा गर्दै भने,‘दुबैजा ‘लिभिङ टुगेदरमा’ बस्दै आएका थिए तर बिचरा युवकलाई महिला प्रहरीले सधै कुट्थिन् र पनि उ कहील्यै प्रतिसोधमा उत्रेन ! भएन भनेर उल्टो आज आत्महत्यको प्रयास गर्नपुगे छ ।’ 

सायद उनले प्रहरी प्रशासनका जिम्मेवार अधिकारीबाट नै यस्तो हर्कत भईरहेको देखेर पनि होला संका गर्दै भने, ‘केटा यकदमै सोझो अनि सहनशील छ । हेर्दै जानु पक्कै फसाईएला भन्दै युवकले न्याय पाउनेमा संका समेत व्यक्त गरे ।’