ब्लड क्यान्सर पिडित धनगढीका थप एक कोरोना सङ्क्रमित पुरुष को निधन

ब्लड क्यान्सर पिडित धनगढीका थप एक कोरोना सङ्क्रमित पुरुष को निधन

धनगढी । ब्लड क्यान्सरको समस्या रहेका धनगढीका ४० वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । अस्थायी कोरोना अस्पतालमा उपचाररत धनगढी १६ भादाका ४० वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

उपचारकै क्रममा आज बिहान ४ः४५ मा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार कार्तिक २३ गते अस्पताल भएका उनको जनरल वार्डमै उपचार भइरहेको थियो । ब्लड क्यान्सरको समस्या रहेका उनको भेन्टिलेटरमा राख्न नपाउँदै ज्यान गएको थियो ।