पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न अनेरास्वयु कैलालीको माग

पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न अनेरास्वयु कैलालीको माग

धनगढीः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (युनियन) कैलालीले पक्राउ परेका दुई जना विद्यार्थीको रिहाइको माग गरेको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उसले विद्यार्थी जनक बिष्ट र विवेक भट्टलाई बिनासर्त तुरुन्त रिहाई गर्न माग गरेको हो ।

विद्यार्थीमाथि लगाइएका झुठा मुद्दा खारेज गरि तत्काल रिहाई गर्न सरकारको ध्यानाकर्षण भएको सो विज्ञप्तिमार्फत जनाइएको छ । उनीहरुलाई तत्काल रिहाई नगरे कडा संघर्षका कार्यक्रम गर्ने जनाएको छ ।