आफ्नै भाञ्जीसँग विवाह गर्दै प्रभु देवा

आफ्नै भाञ्जीसँग विवाह गर्दै प्रभु देवा

बलिउड अभिनेता तथा निर्देशक प्रभु देवाले विवाह गर्ने भएका छन् । श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका प्रभु देवाले आफ्नी भाञ्जीसँग विवाह गर्ने भएको भारतिय मिडियामा बताइएको छ । 

सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका उनले अहिले आफ्नी भाञ्जीलाई डेट गरिरहेका छन् । बलिउडका शीर्ष कोरियाग्राफर समेत रहेका देवा अहिले विवाह गर्ने तयारी गरेको बताइएको छ । 

आफ्नो विवाह बारे देवाको तर्फबाट कुनै आधिकारि बयान नआएपनि चर्चा निकै भइरहेको छ । एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर शुरु गरेका उनले हालसम्म धेरै फिल्ममा अभिनय र निदैशन पनि गरेका छन् ।