क्यान्सर संगको लडाई जितेका काङ्ग्रेस नेता लक्ष्य बहादुर न्यौपानेले कोरोजा संग सकेनन्  जित्न !

क्यान्सर संगको लडाई जितेका काङ्ग्रेस नेता लक्ष्य बहादुर न्यौपानेले कोरोजा संग सकेनन्  जित्न !

धनगढी । कोरोना सङ्क्रमणका कारण कैलालीको भजनी नगरपालिका–८ गोलचउरा निवासी नेपाली काङ्ग्रेस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्य बहादुर न्यौपाने (लक्ष्मण) को निधन भएको छ ।

नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजो राती करिब ९ बजे तिर ६५ वर्षीय न्यौपानेको निधन भएको परिवारजनले बताएका छन् । गत कार्तिक २१ गते सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । समस्या बढ्दै गएपछि गत बिहीबार धनगढीको कोरोना अस्पताल ल्याइएका उनलाई थप उपचारका लागी नेपालगन्ज लगिएको थियो ।  उनको शब अहिले अस्पतालमै राखिएको छ । पुर्ख्यौली घर दाङमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तजनले बताए छन् । यस अघि उनले लामो उपचार पछि क्यान्सर जितेका थिए ।