संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

युवा प्रतिभा मा केन्द्रित हुदै वर्तमान महामारी को स्थिति मा, तीन संस्थाहरुले युवाहरु लाई प्रोत्साहित गर्ने हुतुले कविता प्रतियोगिता आयोजना गर्ने भएका छन्।

दया फाउन्डेशन र रोटरी क्लब अफ काठमाडौं मिड टाउनले, युनिसेफ नेपालको सहयोगमा उक्त कार्यक्रमको आयोजना गर्ने भएको छ जुन विश्व बाल दिवस, युनिसेफ समारोह बाट घोषणा गरिनेछ।

युनिसेफको हालचालैको एक अध्ययनका अनुसार कोभिड माहामारी यता युवाको मानसिक विकार (depressive illness) र आत्महत्याको दरमा विशेष गरी महिलाहरुमा ४० प्रतिशतले वृद्धि आएको छ ।

आयोजक भन्छन् तसर्थ यस्तो पहलले युवाहरूलाई उनीहरूका भावना तथा समस्याहरू बाँड्न एउटा मञ्च प्रदान गर्दछ र उनीहरूलाई थप आशा प्रदान गर्ने छ।

शीर्ष अन्तिम १० प्रतियोगीहरुले नोबेम्बर २७ मा हुने वेबिनारमा आफ्ना कविताहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन्। विशेष गरी युवाहरू बीच बढ्दो मानसिक र भावनात्मक स्वास्थ्य समस्याहरू समाधान साथसाथै स्व:पहिचानलाई परिभाषित गर्न संस्कृतिको महत्त्वलाई सम्बोधन गर्ने उदेश्यले प्रतियोगिताको मुख्य बिषयबस्तु नै ‘संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता’ राखिएको छ । जसमा १५ देखि ३० बर्ष उमेर समूहका युवाहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।

सहभागीहरूले नेपाली वा अंग्रेजीमा आफैले लेखेको मौलिक कविता “भावनात्मक/मानसिक भलाई”, "सांस्कृतिक पहिचान" र “भावनात्मक/मानसिक भलाई प्रबर्दन गर्ने सांस्कृतिक पहिचान" वा यी मध्ये कुनै एक विषयबस्तुमा आधारित लेख हुनुपर्नेछ।

प्रत्येक भाषा समूहका ५ विजेताहरु प्रत्येकलाई नगद रु. १०,००० (दश हजार) सहित पुरस्कृत गरिनेछ। निर्णायक प्यानलमा अनुभवी र योग्य साहित्य विज्ञहरू हुनेछन् जसअन्तरगत क्रमसः

१) अंग्रेजी समूह: जेम्स सी हपकिन्स (कवि तथा लेखक), लिसा चोग्याल (रोटरी क्लब काठमाडौं मिडटाउनकि भूतपूर्व अध्यक्ष) र तानिया धाक्वा (सञ्चार प्रमुख)

२) नेपाली समूह: अनुपम पोखरेल (कवि तथा संकाय, सिल्वर माउन्टेन स्कूल अफ होटल मैनेजमेन्ट), मान बहादुर मुखिया (कवि तथा संकाय, जेभियर एकेडेमी) र रामप्रसाद दाहाल, (संकाय, काठमाडौं इञ्जिनियरि कलेज) रहने छन् ।

निर्णायकहरुले सर्वसम्मतिले आ-आफ्नो समूहबाट ५ विजेता छनौट गर्नेछन् र विजेताहरूले आफ्नो कविता प्रत्यक्ष वेबिनारमा प्रस्तुत गर्नेछन्।

यो उदाहरनिय पहल नीभा प्रधानले शुरू गर्नुभएको हो जो दया फाउन्डेशनको भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य हुनुहुन्छ। दया फाउन्डेशन एक गैर-नाफा मुकल संस्था हो, जसले शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा विभिन्न परियोजनाहरुलाई वित्तीय, प्राविधिक र स्वयंसेवी सहयोग प्रदान गर्दै आईराखेको छ। यो प्रतियोगिता पनि दया फाउण्डेशनको संस्कृतिलाई प्रवर्द्धन गर्ने पहलको हिस्सा हो।

 दया फाउण्डेशनका अध्यक्ष राजेश बी. प्रधानले पनि फाउन्डेशनका यस्ता प्रयासलाई सधै प्रोत्साहन गर्नुहुन्छ। रोटरी क्लब अफ् काठमाडौं मिड टाउनकि निवर्तमान अध्यक्षको रूपमा, नीवा प्रधानले "युवा पेशागत व्यावसायिक कौशल प्रशिक्षण" को संचालन पनि गर्नुहुन्छ जसको उदेश्य युवाहरुको व्यावहारिक क्षेत्रमा कौशलता तथा दक्षता विकास गर्नु हो।

रोटरी क्लब अध्यक्ष, लेफ्टिनेन्ट जनरल के.एन.एस. थापाले पनि युवा समुहको फाइदाका लागि त्यस्तो साझेदारी पहल गर्न पाउदा खुसि ब्यक्त गर्नु भयो। युनिसेफ नेपालले विश्व बाल दिवसको अवसरमा नोभेम्बर महिनामा मानसिक स्वास्थ्यमा जनचेतना जगाउन उक्त दुई संस्थाहरुसंग साझेदारी गरेको छ।

आयोजक तथा प्रतियोजिताका थप विवरणहरू उनीहरूको फेसबुक पृष्ठहरूमा फेला पार्न सकिन्छ। अन्य साझेदारी संस्थाहरूमा जेभियर एकेडेमी, काठमाडौं इञ्जिनियरि कलेज, सिल्वर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्ट, टीम नेपो (Team NEPO), काठमाडौं युनिभर्सिटी, रोटरी क्लब, रोट्याक्ट र इन्टरएक्ट क्लब र केही अन्य स्कूल, कलेज र संस्थाहरू छन् जसले आफ्ना युवाहरूलाई यस पहलमा भाग लिन प्रोत्साहन गरेका छन्।