आज राष्ट्रिय कफी दिवस

आज राष्ट्रिय कफी दिवस

काठमाण्डाै। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य साेमबारदेखि लागू भएको छ । बोर्डले मङ्सिर १ गते अर्थात् साेमबारदेखि लागू हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको हो ।

उत्पादन लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ । बोर्डले आर्थिक वर्ष ०७६/७७ मा फ्रेस चेरी ग्रेड 'ए' को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको थियो । त्यस्तै, फ्रेस चेरी ग्रेड 'बी' को मूल्य प्रतिकेजी ७५ रुपैयाँ कायम गरिएको थियो । पार्चमेन्ट कफी ग्रेड 'ए' को प्रतिकेजी ४ सय २५ र ग्रेड 'बी' को मूल्य प्रतिकेजी ३ सय ७५ तोकिएको थियो ।

मध्यपहाडी क्षेत्रका गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे, ललितपुरलगायतका जिल्लामा कफी उत्पादन क्षेत्र विस्तार हुँदै आएको छ । स्वदेशी तथा विदेशी बजारमा नेपाली कफीको माग बढ्दो छ । आर्थिक वर्ष २०७६/७७ को तथ्याङ्कअनुसार झण्डै ४७ मेट्रिक टन नेपाली कफी निर्यात हुँदा २६६ मेट्रिक टन विदेशी कफी आयात भएको छ ।

हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी दिवसका दिन मूल्य सार्वजनिक गर्दै आएको छ । बोर्डका अनुसार यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ तय गरिएको छ ।