यस्तो रहनेछ आज दिनभरको मौसम ?

यस्तो रहनेछ आज दिनभरको मौसम ?

काठमाडौँ उपत्यका लगायत देशभर हिजोबाट चिसो बढेको छ ।  हिजो दिउँसो काठमाडौं आसपासका क्षेत्रमा फाटफुट वर्षा समेत भएको थियो । पश्चिमका हिमाली भेगमा हिमपात पनि भएको छ। 

मंगलबारदेखि भने काठमाडौं उपत्यकामा घाम पनि लागिरहेको छ । मंगलबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। 

पश्चिमी वायुको प्रभावले आगामी दुई दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने  महाशाखाले जानकारी दिएको छ। 


अहिले बिहान प्रदेश नम्बर २ र प्रदेश नम्बर १ का तराईका भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।