सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि

धनगढी खबर    

सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले मन्त्री सुवेदी होम आइशोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । 

यसअघि उनको सचिवालयका एक जना स्वकिय सचिव, एक जना निजी स्वकिय सचिव,  २ जना पिएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो ।  



मङ्गलबार ०२, मङि्सर २०७७ ०९:०८ मा प्रकाशित

#सुदूरपश्चिम #सामाजिक विकास मन्त्री #कृष्णराज सुवेदी

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस