नेपाल/बंगलादेशबीचको दोस्रो खेल आज, ट्रफी जित्‍न नेपाललाई ३-० को जित आवश्यक

नेपाल/बंगलादेशबीचको दोस्रो खेल आज, ट्रफी जित्‍न नेपाललाई ३-० को जित आवश्यक

नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार अपराह्‍न ४:४५ मा सुरु हुने छ । 

मुजिब बर्सो फिफा इन्टरनेसनल सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो । आज जित्‍नै पर्ने दबाबमा नेपाल छ । नेपालले ट्रफी उचाल्नका लागि बंगलादेशलाई ३-० गोलको जित आवश्यक छ । मैत्रीपूर्ण भनिए पनि सिरिज नै आयोजना गरिएकाले नेपाल २-० गोल अन्तरले विजयी भए पनि सिरिजको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ ।

नेपाली टिमले आजको म्याचका लागि सबै तयारी पूरा गरेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । अन्तिम तयारीस्वरुप नेपाली टिमले बंगबन्धु रंगशालामा हिजो अभ्यास गरेको थियो ।