आफ्नो तस्बिरमा पूजा गर्ने फ्यानलाई सोनुको यस्तो जवाफ

आफ्नो तस्बिरमा पूजा गर्ने फ्यानलाई सोनुको यस्तो जवाफ

बलिउड अभिनेता सोनु सुद सधैँ समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्नेमा अगाडि छन् । जो उनीसँग सहयोगको अपेक्षा गर्दछन्  उनीहरुलाई सहयोग गर्न उनी मरिमेटेर लाग्छन् ।  दोस्रो व्यक्तिको सहयोगका लागि हमेसा तयार रहने सोनुलाई उनका फ्यानले पूजा नै गरेको खबर आएको छ । 

हालै सामाजिक संजालबाट एउटा भिडियो बाहिर आएको छ । जुन भिडियोमा एक व्यक्तिले देवताको तस्विरका साथ अभिनेता सुदको तस्बिर समेत राखेर पूजा गरिरहेका छन् ।

भिडियोमा सोमनाथ श्रीवास्तब नाम भएका ती व्यक्तिले सुदको फोटोका साथ देवताको फोटो राखेर एकसाथ पूजा गरेका हुन् । सोमनाथले भिडियो सार्वजनिक गर्दै अभिनेता सुदलाई समेत ट्याग गरेका छन् । 
सोदुले भने ती फ्यानलाई आफ्नो स्थान त्यो नभएको बताएका छन् । उनले लेखेका छन् ‘मेरो स्थान त्यो होइन । मात्र तपाइको दिलमा हुनुपर्छ ।’ 

सोदुले आफ्नो सहयोगबाट धेरै मानिसमा खुसी ल्याइदिएका छन् । उनको सहयोगले धेरैको जीवनमा समेत परिवर्तन आएको छ ।

सोनु छिट्टै फिल्म ‘पृथ्वीराज’मा समेत देखिदैछिन् ।