भारतको सुरतमा धनगढीका एक युवकको कोरोना सङ्क्रमणबाट ज्यान गयो

धनगढी खबर    

भारतको सुरतमा धनगढीका एक युवकको कोरोना सङ्क्रमणबाट ज्यान गयो

धनगढी । भारतको सुरतमा धनगढीका एक युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका–६ नजरिया टोल निवासी अन्दाजी ३५ वर्षीय टिकाराम कुँवरको भारतको सुरतमा हिजो मृत्यु भएको उनका आफन्त डन्डीराज सुबेदीले जानकारी दिए । गुजरात सुरतमा काम गर्दै आएका उनलाई  करिब चार महिना अघि सङ्क्रमण पुष्टि भएको थियो । 

सुरुमा सरकारी अस्पतालमा भर्ना भएका उनलाई उपचार हुन नसक्ने भन्दै पछि मिसन नामको निजी अस्पताल भर्ना गरियो । उनको उपचारका क्रममा  साढे आठ लाख खर्च भइसकेको थियो । अस्पतालले थप ५ लाख रकम लाग्ने बताएपछि उनी सँग भएको पैसा सकिएका कारण धनगढीका युवाहरूले रकम सङ्कलन गर्न टिकाराम बचाउ अभियान सञ्चालन गरेका थिए । 

तर उनको उपचारकै क्रममा हिजो निधन भयो, बचाउन सकिएन अभियानका सदस्य डन्डीराज सुबेदीले  भने । मृतकका श्रीमती र तिन साना छोरा छोरी छन् । छोरा छोरी धनगढीमै छन् भने श्रीमती भारतमा श्रीमान् सँगै थिइन  । हिजो उनको भारतमै दाहसंस्कार गरिएको छ ।  



बुधबार ०३, मङि्सर २०७७ १०:०२ मा प्रकाशित

#भारत #धनगढी #कोरोना सङ्क्रम

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस